- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता सनी देवलसँग ‘गदर २’ को सफलतापछि अभिनेता आमिर खानले हात मिलाएका छन् ।
सनी देवलले आफ्नो आगामी फिल्मका लागि आमिर खानसँग हात मिलाएका हुन् ।
योसँगै आमिर खानको प्रोडक्सन हाउसमा बनेको फिल्म ‘लाहोर १९४७’ मा सनी देवल मुख्य भूमिकामा देखिनेछन् ।
यो चलचित्रलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् ।
यो जानकारी आमिर खान प्रोडक्सनको इन्स्टाग्राम ह्यान्डलबाट दिइएको छ।
हालै सनी देवल र अमिषा पटेल स्टारर गदर २ फिल्मले बक्स अफिसमा ५२२ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो ।