arrow

सलमान र अरिजितबीच सकियो ९ वर्षदेखिको मतभेद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
salam-arjit.jpg

काठमाडौं । सन् २०१४ मा सार्वजनिक झगडापछि बलिउड गायक अरिजित सिंह र अभिनेता सलमान खानबीच मेलमिलाप भएको बताइएको छ । सिंह खानको मुम्बईको निवासमा पुगेका थिए । जसले उनीहरूले भविष्यका परियोजनाहरूमा सहकार्य गर्न सक्ने अनुमान लगाइएको छ । 

सलमान खान आगामी फिल्म ‘टाइगर ३’ लाई लिएर चर्चामा छन् । सलमान खानका फ्यानहरू फिल्म ‘टाइगर ३’ को लागि निकै उत्साहित छन् र यो दीपावलीमा फिल्म रिलिजको पर्खाइमा छन् । 

यसैबीच सलमान खान र गायक अरिजित सिंहबीच सबै ठिकठाक रहेको बताइएको छ । सलमान खान र अरिजित सिंहबीच विगत ९ वर्षदेखि मतभेद थियो ।

सलमान खानका एक फ्यानले आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन् । सो भिडियोमा अरिजित सिंह सलमान खानको ग्यालेक्सी अपार्टमेन्टबाट बाहिरिएका छन्। भिडियो सार्वजनिक भएपछि मानिसहरूले सलमान र अरिजितबीच मित्र भएको अनुमान लगाएका छन् ।

यससँगै सलमान खान र अरिजित सिंह फिल्म टाइगर ३ वा उनीहरूको अन टाइटल फिल्मका लागि सँगै आउने अनुमान पनि मानिसहरूले गरिरहेका छन् ।

एक अवार्ड समारोहमा खानले सिंहको बारेमा व्यङ्ग्यात्मक टिप्पणी गरेपछि विवाद सुरु भएको थियो । जसले गर्दा खानका फिल्महरूबाट सिंहका गीतहरू हटाइयो। सिंहले पछि सार्वजनिक माफी मागे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ