जेल बनाउनु भन्दा विद्यालय बनाउनु राम्रो कुरा [भिडियो]
कैद मिनाहा बारे संसद्मा विश्वप्रकाश शर्माले यसो भने
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
839
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए ।
उनले सरकारले संसद्मा पेश गरेको सो विधेयकलाई युग सुहाउँदो ढङ्गले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए ।