arrow

चौबीस करोडको सट्टेबाजीमा संलग्न झापाका पिन्टुकुमार पक्राउ 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० असोज १९ शुक्रबार
pintukumar-sah.jpg

झापा । अनलाइन सट्टेबाजीमा संलग्न दमक नगरपालिका  १२ का ३० वर्षीय पिन्टुकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

अनलाइन   बेटिङमार्फत २४ करोड रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार साहलाई दमकबाटै पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहले गैरकानूनी रूपमा २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँको बेटिङ कारोबार गरेको जनाएका छ्न् ।
 
साहले वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्यूडब्ल्यूडब्ल्यू ३८८८, स्काई चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता दर्जनभन्दा बढी वेबसाइटहरू मार्फत बेटिङ गर्न लगाएको र अवैध असुली गरेको प्रहरीले जनाएको छ ।
 
साहले अरूलाई बेटिङ गर्न लगाएको, सट्टेबाजी जस्ता अनलाइन खेल खेलाएकोले उक्त सबै कारोबारहरु नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको पाइएको छ । 

अभियुक्त साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ