arrow

logo
कविता गौतम,
प्रकाशित २०८० असोज २० शनिबार
kabita-gautam-2080-06-20.jpg

दुःखको पहाड चिर्दै पसिना बगाउँदैछु
बरालिएर धेरै हिँडे आफ्नो लक्ष्यदेखि बल्ल बाटो समाउँदैछु,

सपनाहरु हजार टुक्रा भैदिँदा विपनामै रमाउँदैछु 
सबैको घात प्रतिघात झेल्दै बल्ल घाउहरु जमाउँदैछु 

ठक्करहरु बहुत पाएँ जिन्दगीमा सहनशीलता कमाउँदैछु
गार्हो भयो नयाँ बाटो हिँड्न बल्ल पाइला चलाउँदैछु 

साना साना खुशीहरु जोड्दै भए पनि यथार्थमा जिउँदैछु
बरालिएर आफ्नै लक्ष्यदेखि बल्ल बाटो समाउँदैछु 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ