arrow

पूर्वराजाविरुद्ध प्रेमिकाले हालेको १४५ मिलियन युरोको कानूनी मुद्दा खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
fromer-king-spain.jpg

लण्डन। बेलायतस्थित लण्डनको एक अदालतले स्पेनका पूर्वराजाका पूर्व प्रेमिकाले लगाएको आरोप खारेज गरेका छ ।

स्पेनका राजा पूर्वराजाकी प्रेमिकाले जुआन कार्लोसविरुद्धको १४५ मिलियन युरो क्षतिपूर्तिसहित पाउनु पर्ने भन्दै हालको कानूनी मुद्दा खारेज गरेको हो ।

डेनिस व्यवसायी कोरिना जु सेन–विटगेनस्टेन– सेनले जुआन कार्लोसले सन २०१२ मा उनीहरूको सम्बन्ध बिग्रिएपछि उनको विरुद्ध उत्पीडनको अभियान चलाएको आरोप लगाएकी थिइन्।

उनले आरोप लगाइन्, जासुसी र ब्रेक इन्ससहित उनले लाखौँ पाउन्डको उपहार फिर्ता गर्न अस्वीकार गरेपछि यो विवाद सुरु भएको हो । जुआन कार्लोसले भने सो आरोपलाई सुरुदेखि नै अस्वीकार गर्दै आएका छन् ।

शुक्रबार एक न्यायाधीशले इङ्गल्याण्ड र वेल्सको उच्च अदालतको यस मुद्दामा कुनै अधिकार क्षेत्र नभएको जनाएका छन् । अदालतले सो आरोपको सान्दर्भिकतामा कुनै निर्णय गरेनन् ।

न्यायाधीश रोवेना कोलिन्स राइसले भनिन्, ‘जु सेन विटगेनस्टेन ९ एक बेलायती नागरिक० उनले गुनासो गरेको ‘हानिकारक घटना’ र प्रतिवादीले गरेको उत्पीडन इङ्गल्याण्डमा भएको थियो भनेर पर्याप्त रूपमा स्थापित गर्न सकेको छैन ।’

८५ वर्षीय पूर्व सम्राटका प्रवक्ताले शुक्रबारको फैसलालाई आश्चर्यजनक रूपमा आफ्नो निर्दोषताको पुष्टि गरेको र यसले अझ सार्वजनिक उपस्थितिका लागि आवश्यक सर्तहरू पुनः स्थापित गरेको बताए।

सन् २०२० मा उत्पीडनको मुद्दा दायर गर्ने जु सेन विट्टगेनस्टेन सेनले भनिन् कि उनी यस निर्णयबाट गहिरो निराशामा परेकी छिन् । उत्पीडनका पीडितहरूले हाम्रो कानूनी प्रणालीमा न्याय पाउनको लागि अक्सर संघर्ष गरिरहेको देख्दा निराशाजनक हुनु परेको प्रतिक्रिया दिएकी छिन् ।

 सो निर्णय हुनुअघि बेलायतका न्यायाधीशहरूले गत डिसेम्बरमा फैसला सुनाएका थिए कि उनले सार्वभौमको रूपमा उन्मुक्ति पाएकाले राजाको रूपमा सेवा गरेको समयसँग सम्बन्धित आरोपमा उनले पूर्व राजालाई मुद्दा हाल्न सक्दैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ