arrow

मेनुका पौडेलले रुवाइन् इन्डियन आइडलका जजलाई, पाइन् गोल्डेन माइक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
menuka-poudel-indian-idol.jpg

काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले इन्डियन आइडलमा जजहरुलाई रुवाएकी छिन् । उनले जजहरु विशाल ददलानी र श्रेया घोषाललाई आफ्नो सुरिलो स्वरले लठ्ठ पार्दै रुवाएकी हुन् । 

दृष्टिविहीन मेनुकाले गाएको गीतले प्रभावित हुँदै विशालले साक्षात भगवान्को दर्शन भएको बताएका थिए । त्यस्तै श्रेया निरन्तर रुँदै मेनुकाको प्रशंसा गरेकी थिइन् । 

इन्डियन आइडलको १४ औँ संस्करणका जजमा कुमार सानु पनि रहेका छन् । उनले पनि प्रशंसा गरेका थिए । निकै सुरिली मेनुकाको गायकीपनबाट लठ्ठ परेका जजहरुले उनलाई गोल्डेन माइक दिएका थिए । 

इन्डियन आइडलको १४ औँ संस्करण शनिबारदेखि टेलिभिजनमा देखाउन थालिएको छ । 

नेपाल आइडलबाट चर्चामा छाएकी मेनुका २०७५ सालमा भारतीय रियालिटी शो सारेगमपमा शीर्ष ११ मा पुगेकी थिइन् । 

दृष्टिहीनताले बाहिरी संसार अन्धकारमय भए पनि मेनुकाको भित्री संसार भने यसै संगीतका कारण उज्यालो भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ