arrow

भूकम्पमा परी अफगानिस्थानमा दुई हजार बढीको मृत्यु, नौ हजार बढी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
afghanistan-earthquake-aid.jpg
तस्बिर – फाइल ।

अफगानिस्तान । अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । 

भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ रेक्टर स्केलको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ ।

सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५, ४.७ र ६.२ रेक्टर स्केलका तीन वटा ठूला पराकम्पन आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ