arrow

इजरेलमा नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
shankar-polhrel-208010-15.jpg
तस्बिर-फाइल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले इजरेलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।

आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले शनिबार इजरेलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गरेका हुन् । 

उनले घाइते नेपालीप्रति सरकारले चासो नदिएको आरोप लगाए । 

घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

महासचिव पाखरेलले अब एमालेले एकल बहुमतको सरकार गठन गर्ने गरी अगाडि बढ्नुपर्छ भन्दै पार्टीले समृद्धिको आधार बनाई रहेका बेला आफ्नै पार्टीको सरकारलाई ढाल्न लागेकाहरुबाट अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ