arrow

स्वरा भास्करले गरिन् प्यालेस्टाइनको समर्थन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
swara-bhaskar.jpg

काठमाडौं ।  बलिउड अभिनेत्री स्वरा भास्करले इजरेल र प्यालेस्टाइनबीच चलिरहेको युद्धमा प्यालेस्टाइनको समर्थन गरेकी छिन् ।

इजरेल र हमासबीच शनिबार बिहानैदेखि युद्ध जारी छ । युद्धमा अहिलेसम्म दुवै पक्षका करिब १२ सय जनाको मृत्यु भइसकेको छ ।

 मृत्यु हुनेमा १० नेपालीसहित अमेरिकी इजरेली लगायत अन्य देशका नागरिक पनि छन् ।

 सामाजिक सञ्जालमा अभिनेत्रीले युद्धको समर्थन गर्नेमाथि प्रहार पनि गरेकी छन् । 

उनले वर्षौँदेखि इजरेलले प्यालेस्टाइनमा हमला गरिरहेको जनाउँदै सो समय नबोल्नेहरू अहिले कराएको सुन्दा अचम्म लागेको बताएकी छन् । 

उनले प्यालेस्टाइनका जनता बालबालिका र किशोर किशोरीहरूलाई पनि नछोड्ने इजरेलले गाजामा झण्डै १० वर्षसम्म लगातार हमला र बमबारी गरिरहेको सम्झाएकी छन् । 

सो समय भएको आक्रमणमा नबोल्नेहरू अहिले इजरेलमाथिको हमलाप्रति शोक व्यक्त गरेको भन्दै उनले कपटीको संज्ञा दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ