arrow

दशैँको स्वच्छता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
dashaian-changa-2080-06-23 (10).jpg
तस्बिर–दशैँ आगमनसँगै हल्चोकस्थित रातामाटामा चङ्गा उडाउँदै युवा र बालक ।

काठमाडौँ । बडादशैँ आएको संकेत दिने गर्छ आकाशमा देखिएको चङ्गाले । अर्थात् शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् ।

दशैँ पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै बालबालिकाहरुलाई त झनै दशैँको महत्व धेरै हुन्छ । दशैँ आएपछि साना बालबालिकाहरु धेरै खुशी हुन्छन् ।

 नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौँ उपत्यका बाहिरका शहर र गाँउहरुमा पनि दशैँमा चङ्गा नउडाइने होइन तर विशेषगरी काठमाडौँ उपत्यकामा यो प्रचलन बढिरहेको छ ।

दशैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि शुरु भयो भन्ने यकिन तथ्य नै त छैन । तर बुढापाकाका अनुसार दशैँमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो । 

दशैँमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन शुरु भएको जनविश्वास रहेको छ ।

दशैँमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दशैँ आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ ।

चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दशैँताका झरी पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैत बैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।

त्यस्तै दशैँमा स्कुल कलेजहरु धेरै दिन बिदा हुनाले पनि बालबालिकाहरुलाई पढाइलेखाइको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरुको खुशीको सीमा नै हुँदैन । (नेपाल फोटो लाइब्रेरी)

 

dashaian-changa-2080-06-23 (1).jpg
dashaian-changa-2080-06-23 (2).jpg
dashaian-changa-2080-06-23 (3).jpg
dashaian-changa-2080-06-23 (4).jpg
dashaian-changa-2080-06-23 (5).jpg
dashaian-changa-2080-06-23 (6).jpg
dashaian-changa-2080-06-23 (7).jpg
dashaian-changa-2080-06-23 (8).jpg
dashaian-changa-2080-06-23 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ