arrow

म अहिले नै जागिर छोड्न तयार छु : भुवन केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
BHUWAN KC.jpg

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै आफू विकास बोर्डमा आएको बताएका छन् । सोमवार चलचित्र निर्माता सङ्घको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले विकास बोर्डले आफ्नो खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो भन्नेबारेमा विचार हुन आवश्यक रहेको बताए । 

उनले भने,' विगत ४० वर्षअघि देखिको ऐन अहिलेसम्म किन पास भएको छैन ? म पदका लागि होइन, चलचित्र कर्मीको लागि हुँ । म पनि चलचित्र क्षेत्रको विकासका लागि आएको हो, जागिर खान होइन । मेरो जागिर जान्छ भन्ने चिन्ता छैन । यदि कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु ।’

उनले चलचित्र क्षेत्र स्वायत्त नभएसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्र कर्मीहरूको भविष्य उज्ज्वल नरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ