arrow

'पशुपतिप्रसाद २ भष्मे डन' फूलपातीको दिन रिलिज हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
bhasmey-don.jpg

काठमाडौं । फिल्म पशुपतिप्रसाद २ भष्मे डन फिल्म कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुने भएको छ । 

फिल्मको सोमबार ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौती रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताए । 
उनले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिए पनि भष्मे डन ५६ दिन लागेको बताए । सिनेमा एकदमै राम्रो लागेको बताए । 

 दीपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्मले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’को कथा भन्छ । 

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ । 

खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भूमिकामा देखिनेछन् । टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ