arrow

भुवन केसीलाई नीर शाहको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
nir-saha-.jpg

काठमाडौं ।  वरिष्ठ कलाकार नीर शाहले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको पक्षमा काम नगरे अध्यक्षबाटै विस्थापित गर्ने चेतावनी दिएका छन् । 

सोमवार चलचित्र निर्माता सङ्घको १७ औँ वार्षिक साधारण सभामा शाहले यस्तो चेतावनी दिएका हुन् । 

उनले भुवन केसीलाई त्यो कुर्सी अस्थायी भएको र  जसरी स्थापित गरिएको थियो त्यसरी नै विस्थापित गर्न सकिन्छ भन्दै चेतावनी दिए । 

उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको समेत बताए । 

त्यसको जवाफमा भुवन केसीले आफू पनि चलचित्र क्षेत्रको विकासका लागि आएको बताए । उनले भने,' म पनि चलचित्र क्षेत्रको विकासका लागि आएको हो, जागिर खान होइन । मेरो जागिर जान्छ भन्ने चिन्ता छैन ।'

 उनले आफू तत्काल जागिर छोड्न तयार रहेको समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ