arrow

साढे नौ लाखको पटाका नियन्त्रणमा लिएर नष्ट

logo
रबिन्द्र यादव, 
प्रकाशित २०८० असोज २३ मंगलबार
pataka-2080-06-23.jpg

पश्चिम नवलपरासी । भारतबाट अवैध रूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको पिकअप र साढे नौ लाख रुपैयाँको पटाका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । 

नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमाण्डको टोलीले सोमबार राति ८ः३० बजेको समयमा रामग्राम नगरपालिका वडा नं १२ कुनवारेदेखि भुमही हरकट्टा जाने बाटोमा चेकजाँचको क्रममा ठूलो मात्रामा विभिन्न किसिमका पटाका र नम्बर नखुलेको पिकअप सहित नियन्त्रणमा लिएको हो ।

 पिकअपको अन्दाजी मुल १४ लाख रहेको छ । चेकजाँचको क्रममा पिकअप चालक भाग्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो । बारुदजन्य पटाका स्थानीय पत्रकार,जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी,उद्योग वाणिज्य संघ प्रमुख र महेशपुर भन्सार प्रमुखको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल २६ नं गणका एसपी धिरेन्द्रराज न्यौपानेले जानकारी दिए । 

पिकअपलाई महेशपुर भन्सार पठाइएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरले जनाएको हो ।

चाडपर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू भित्रिन थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको न्यौपानेले बताएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ