arrow

‘रामायण’ मा सनी देवलको प्रवेश, यो भूमिकामा देखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
sunny-deol.png

काठमाडौं । बलिउड अभिनेता सनी देवल रणवीर कपूरको फिल्ममा अभिनय गर्ने भएका छन् ।

‘गदर २’ बाट बक्स अफिसमा हलचल मच्चाउने सनी देवलको नाम ‘रामायण’सँग जोडिएको हो । 

नितेश तिवारीको फिल्ममा रणवीर कपुर, साई पल्लवी र यशपछि सनी देवल पनि थपिएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर कपूरको फिल्ममा सनी देवलको प्रवेश पक्का भएको मानिएको छ । 

रिपोर्टका अनुसार सनी देवल यस फिल्ममा भगवान् हनुमानको भूमिकामा देखिनेछन् ।

 तर सनी देवलको प्रवेश बारे कुनै आधिकारिक जानकारी बाहिर आएको छैन। 

यस फिल्ममा रणवीर कपूर ‘राम’को भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । 

यी दुई बाहेक फिल्ममा साउथ अभिनेता यशको पनि प्रवेश पक्का भएको मानिएको छ । 

यशले रावणको भूमिका निभाउन लागेको दाबी गरिएको छ । 

हालै फिल्म ‘रामायण’ लाई लिएर रणवीर कपुरले रक्सी र मासु खान छोडेको बताएका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ