arrow

जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी सचेतना

logo
निरञ्जन साह,
प्रकाशित २०८० असोज २४ बुधबार
naasa-security.JPG

धनुषा । जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको छ । नासा सेक्युरिटिज कम्पनी लिमिटेड द्वारा आयोजित शेयर लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रममा सेक्युरिटिजको व्यवस्थापनमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा सुवास चन्द्र भट्टराईले प्रमुख वक्ताको रूपमा शेयर कारोबार सम्बन्धी विभिन्न जानकारी दिए । भट्टराईले धितोपत्र बजारको परिचय, बजारमा प्रवेश गर्ने तरिका, कारोबार गर्ने तरिका , बजारमा लगानी गर्दा हुने फाइदाहरू र जोखिम, धितो पत्रका प्रकार र बजारको वर्तमान अवस्थाका सम्बन्धमा बताएका थिए ।
 
देशको वित्तीय प्रणाली, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी सङ्घसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धी ऐन, नियम, धितो बजारमा लगानी गर्दा हुने फाइदाहरू, दोस्रो शेयर बजारमा कारोबार गर्दा कम्पनीको विषयमा थाह पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा समेत उनले बताए । 

सो कार्यक्रममा २ सय जना शेयर कारोबारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सेयर बजारमा अनलाइन कारोबारलाई सहज बनाउन सरोकारवालाहरूलाई सुझाव दिइएको थियो । भुक्तानीको सीमा हटाइनुपर्ने भन्दै विज्ञ तथा सरोकारवालाले कारोबार सहज बनाउन सुझाव दिए ।



नयाँ