arrow

रिगलको आममाफीविरुद्ध दबाबमूलक प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
bharati-manandhar-andolan-2080-06-24 (13).jpg

काठमाडौँ । चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) को राष्ट्रपतिद्वारा गरिएको आममाफीविरुद्ध आज माइतीघरमा भारती मानन्धरको पक्षमा मानन्धर समाज र युवा अभियन्ताहरुले दबाबपूर्ण प्रदर्शन गरेका छन् । 

राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाउँदै उनीहरु माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्याली गरेका छन् ।

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध पत्नी भारती मानन्धर निरन्तर आन्दोलित छिन् । 

के हो घटना ? 
नेपालगञ्जका चेतनलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसूरमा जेल परेका रिगल भनिने योगराज ढकालको १२ वर्ष कैद संविधान दिवसको अवसरमा सरकारले माफी दिएपछि उनकी पत्नी सरकारको कदमविरुद्ध संघर्षमा उत्रिएकी हुन् । 

सरकारको सिफारिस र राष्ट्रपतिको कदम फिर्ता गर्न माग गर्दै भारती अनशनमा उत्रिएकी हुन् । चेतनको हत्या भएपछि भारतीलाई सासूससुराले नै अर्को बिहे गराइदिए । 

रिगल फूलमाला र अबिरजात्रासहित जेलबाट रिहा भएर नेपालगञ्जमा र्‍याली गर्दा चेतनका परिवार भने भयभीत छन् । भारतीले चेतनका बुबाआमासहित परिवारको सुरक्षाको पनि माग गरेकी छिन् ।

नेपालगञ्जबाट आएर माइतीघरमा अनशन थालेकी भारतीले आममाफीको निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दिएकी छिन् । तर सुनुवाइ हुन सकेको छैन । भारती मानसिक दबाबमा त छिन् नै दमको रोगी पनि हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रिगलसहित ६ सय ७० जनालाई आममाफी दिएको हो । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । 

असुलीमा अवरोध गरेको भन्दै रिगलले २०७२ असार २८ मा चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ बैशाख ११ मा रिगललाई हत्याको मुख्य योजनाकार ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

bharati-manandhar-andolan-2080-06-24 (1).jpg
bharati-manandhar-andolan-2080-06-24 (2).jpg
bharati-manandhar-andolan-2080-06-24 (3).jpg
bharati-manandhar-andolan-2080-06-24 (4).jpg
bharati-manandhar-andolan-2080-06-24 (5).jpg
bharati-manandhar-andolan-2080-06-24 (6).jpg
bharati-manandhar-andolan-2080-06-24 (7).jpg
bharati-manandhar-andolan-2080-06-24 (8).jpg
bharati-manandhar-andolan-2080-06-24 (9).jpg
bharati-manandhar-andolan-2080-06-24 (10).jpg
bharati-manandhar-andolan-2080-06-24 (11).jpg
bharati-manandhar-andolan-2080-06-24 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ