arrow

अस्वभाविक कर वृद्धिको विरोधमा गौरादहका सबै वडा कार्यालयमा धर्ना 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० असोज २४ बुधबार
dharna-gauradaha-2080-06-24.jpg

झापा । झापाको गौरादह नगरपालिकाले भूमिकर लगायतका विभिन्न करहरु अस्वभाविक रुपमा वृद्धि गरेको विषयमा विरोध जनाउँदै नगरका नौ वटै वडा कार्यालयहरुमा स्थानीयले एकैसाथ एक घण्टे धर्ना दिएका छ्न् । 

गौरादह नगर अन्तर्गतको नेपाली कांग्रेस निकट विकास निर्माण समन्वय तथा खबरदारी समितिले जनाएअनुसार नगरका नौ वटै वडाहरुमा करवृद्धिको  विरोध स्वरुप विभिन्न नारा लेखिएका प्ले कार्डसहित धर्ना दिन दिइएको हो  । 

खबरदारी समितिले यसअघि पनि नगरपालिकाको कार्यालय तथा नगरका सबै  वडा कार्यालयहरुमा अस्वभाविक रुपमा वृद्धि गरिएको करको दर घटाउन माग गर्दै  ध्यानाकर्षण पत्र बुझाइसकेको थियो  । 

ध्यानाकर्षण पत्र  बुझाइएता पनि नगरले उक्त पत्रको कुनै सुनुवाइ नगरेकाले विरोध कार्यक्रमको दोस्रो चरण अनुरुप  नगरका सबै वडा कार्यालयहरुमा धर्ना दिएइएको समितिले जनाएको छ ।

धर्ना कार्यक्रमको समन्वयका निम्ति नेपाली कांग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय तहको नेतृत्वमा रहेका स्थानीय नेताहरुसहित आम सर्वसाधारणको बाक्लो   उपस्थित रहेको खबरदारी समितिका सचिव ई.भानु आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ