arrow

ऋतिक रोशनकी 'गर्लफ्रेन्डको डान्स'ले हङ्गामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
sawaazad-dance.jpg

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनकी गर्लफ्रेन्ड सबा आजाद लाइमलाइटबाट टाढा रहन रुचाउँछिन् । 

तर आजकाल सबा आफ्नो बोल्ने शैली र बयानले चर्चामा छिन् ।

 हालै ल्याक्मे फेसन वीकमा सबा आजादको र्‍याम्प वाकको भिडियो इन्टरनेटमा निकै भाइरल भइरहेको छ । 

सो भिडियोमा सबा आजाद र्‍याम्पमा डान्स गरिरहेको देखिएकी छिन् ।

भिडियोमा साबा कहिले र्‍याम्पमा दौडिएकी छिन् त कहिले डान्स गरिरहेकी देखिछिन् । 

सो भिडियोमा सबा आजाद सुनौलो रङ्गको पहिरन लगाएर र्‍याम्पमा हिँडिरहेको देखिन्छ । 

यस क्रममा सबा आजाद हातमा माइक समातेको देखिएकी छिन् । 

सबा आजाद अचानक र्‍याम्पमा लड्न लागेसँगै नाच्न थाल्छिन् । 

सबाको सो स्टाइल देखेर सबै छक्क परेका छन् ।

ऋतिककी प्रेमिकाको सो भिडियोमा मानिसहरूले धेरै कमेन्ट गरिरहेका छन् ।

साथै आफ्नो प्रतिक्रिया पनि दिइरहेका छन् ।

सबा आजाद आफ्नो वेब सिरिज ‘हु इज सोर गायनेक’का कारण अहिले चर्चामा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ