जबर्जस्ती उइघुर श्रमिक प्रयोग गरेको आशङ्कामा अमेरिकाद्वारा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध
एजेन्सी,
प्रकाशित २०८० असोज ९ मंगलबार
726
Shares
तस्बिर : फाइल
बेइजिङ। तीन चिनियाँ कपडा उत्पादकहरूलाई उनीहरूले उत्पादनका लागि जबरजस्ती श्रमिक प्रयोग गरी श्रम शोषण गरिएको आशङ्कामा उनीहरूको सामान संयुक्त राज्य अमेरिकामा निर्यात गर्न प्रतिबन्ध लगाइएको छ।
अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूले चिनियाँ सरकारले उत्तर पश्चिमी सहर सिन्जियाङमा उइगर र कजाक र किर्गिज लगायत अन्य टर्किक अल्पसङ्ख्यकहरूबाट जबरजस्ती श्रम गराउन नजरबन्द शिविरहरू स्थापना गरेको आरोप लगाएका छन्।
अमेरिकी गुप्तचरले सिन्जियाङमा आधारित तीन कम्पनीहरूले यस क्षेत्रका मुस्लिम अल्पसङ्ख्यकहरूलाई दास बनाउन र थप सताउन चिनियाँ सरकारसँग सहकार्य गरिरहेको जनाएका छन्।
'हामी जबरजस्ती श्रम प्रयोग गर्ने कम्पनीहरूलाई सहन गर्दैनौँ, जसले नाफा कमाउन व्यक्तिको मानव अधिकारको दुरुपयोग गर्दछ,' होमल्याण्ड सेक्युरिटीका सचिव अलेजान्ड्रो मेयोर्कासले तीन कम्पनीहरूलाई उइघुर जबरजस्ती श्रम रोकथाम ऐन निकायको सूचीमा राख्ने निर्णयको बारेमा भने।
अमेरिकी विदेश मन्त्रालयले एक आदेश जारी गर्दै चीनको 'सिनजियाङमा जारी नरसंहार र मानवता विरुद्धको अपराध र त्यहाँ जबरजस्ती श्रमको व्यापक प्रयोगको प्रमाण' बारे चेतावनी दियो।