arrow

काठमाडौँमा गोली हानेर लुटेरालाई लिइयो नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
crime-final-everytime-use.jpg

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बौद्धमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि ती व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । लुट्न आउन लागेको सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएसँगै उनीमाथि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

पक्राउ परेका व्यक्तिबाट पेस्तोल बरामद गरेको र गोली लागेर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ