arrow

सात किलो अवैध चाँदीसहित भारतीय पक्राउ

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असोज २५ बिहिबार
indian-arrest-bronze-2028-06-25.jpg

काभ्रेपलाञ्चोक । सात किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ८, सिनागाललबाट ७ किलो २ सय ग्राम अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

बिहीबार वीरगञ्जबाट बनेपा आएको रात्रि बसमा बिहारको चम्पारण ग्राम पञ्चायत नागटोल–६ घर भएका २९ वर्षीय अश्विनी सर्राफलाई सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वार्टर काभ्रेबाट सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाँको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

गण हेडक्वार्टर काभ्रेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईका अनुसार सर्राफको साथबाट चाँदीजस्तो देखिने सिक्का, मंगलसूत्र, गिलास, मालाको दाना, चुरा, पाउजु, ब्रास्लेट, विभिन्न साइजको सिक्री बरामद गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ