arrow

कांग्रेस नेता पौडेल पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
pradip-poudels.JPG
तस्बिर-फाइल

पोखरा । नेपाली कांग्रेसका नेता प्रदिप पौडेल पोखरा आउने भएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी पोखरा आउने भएका हुन् ।

सम्मेलन शुक्रबार बिहान ११ बजे पोखरा २ स्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा हुँदैछ । 

सो सम्मेलनमा सहभागी भए नेता पौडेलले पार्टी गतिविधि र समसामयिक राजनीतिक विषयमा नेता कार्यकर्तालाई जानकारी गराउने पार्टीका युवा नेता ठाकुर बरालले जानकारी दिए । 

सम्मेलनको सबै तयारी पूरा भएको क्षेत्रीय सभापति मनोज गुरुङले जानकारी दिए । 

कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरु सहभागी हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ