arrow

जर्मनीद्वारा इजरेललाई सैन्य सहयोगको प्रस्ताव

जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
israel-attack-2023-10-08.jpg

काठमाडौं । हमासले इजरेलमाथि आक्रमण गरेपछि जर्मनीले इजरेलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजरेलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिए । जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजरेलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो ।

ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजरेलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताएको छ । 

जर्मन संसद्लाई सम्बोधन गर्दै कुनै पनि सहयोगका लागि सूचित गर्न आफूले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई आग्रह गरेको बताए । “अहिले जर्मनीका लागि एउटा मात्र ठाउँ छ र त्यो ठाउँ भनेको इजरेलको पक्षमा हो”, उनले सांसदहरूलाई भने, “हाम्रो आफ्नै इतिहास र दोस्रो विश्वयुद्धमा यहुदीविरुद्ध भएको नरसंहारबाट उत्पन्न भएको हाम्रो जिम्मेबारीले इजरेलको सुरक्षाका लागि उभिन हाम्रो दृढतालाई अविचलित बनाउँछ ।”

उनले हालैका दिनमा इजरेलको पक्षमा हजारौँ मानिसले प्रदर्शन गरेको उल्लेख गर्दै भने, “सप्ताहन्तमा जर्मनीमा अत्यन्तै लाजमर्दो तस्बिरहरू आए ।” शनिबार बर्लिनका सडकमा एउटा सानो समूहले पेस्ट्रीहरू बाँडे र हमास आक्रमणको खुसियाली प्रदर्शन गरेका थिए । 

चान्सलर स्कोल्जले जर्मनीमा हमासको समर्थन वा गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाउने गर्ने बताए । हमासलाई युरोपेली युनियनले यसअघि नै आतङ्ककारी समूहको सूचीमा राखेको छ । उनले सप्ताहन्तमा पेस्ट्री बाँड्ने सामिदोउनजस्ता समूहमाथि प्रतिबन्ध लगाइने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ