arrow

लेबनानमा सैन्य परिचालन विस्तार गर्न नेतन्याहूको निर्देशन

आठ हजार हिजबुल्लाह लडाकु मारिएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
benjamin-netanyahu-israel-iran-war.jpg

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानमा हिजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैन्य पकड थप मजबुत र विस्तार गर्न आफ्नो सेनालाई निर्देशन दिएका छन्। आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले सैन्य कारबाहीलाई थप सघन बनाउन निर्देशन दिएका हुन्।

दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'ब्यूफोर्ट रिज' र त्यहाँस्थित ऐतिहासिक किल्ला इजरायली सेनाले कब्जा गरेपछि प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो। उक्त क्षेत्र अप्रिलको मध्यदेखि लागू भएको युद्धविरामपश्चात इजरायलले कायम राखेको सुरक्षा क्षेत्रभन्दा बाहिर पर्दछ।

प्रधानमन्त्री नेतन्याहूले लेबनानमा सैन्य परिचालन विस्तार गर्ने आफ्नो निर्देशनसँगै इजरायली सेनाले लिटानी नदी पार गरेको जानकारी दिए। साथै, सेनाले ब्यूफोर्ट लगायतका प्रमुख रणनीतिक स्थानहरू नियन्त्रणमा लिइसकेको उनले बताए। अबको मुख्य उद्देश्य कब्जा गरिएका ती स्थानहरूमा इजरायली पकडलाई पूर्ण रूपमा सुदृढ बनाउनु रहेको उनले प्रष्ट पारेका छन्।

यसैबीच प्रधानमन्त्री नेतन्याहुले सन् २०२३ अक्टोबरमा बहुपक्षीय द्वन्द्व सुरु भएयता इजरायलले हालसम्म ८ हजार हिजबुल्लाह लडाकुहरूलाई मारिसकेको दाबी गरे। उनका अनुसार पछिल्लो एक महिनामा मात्रै ७०० हिजबुल्लाह लडाकुहरू मारिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ