- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गाजा । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरेल बीचको जारी युद्धका कारण लाखौँ मानिस घरवारविहीन भएका छन् ।
गत शनिबार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथि आक्रामण गरेपछि उत्पन्न विषम परिस्थितिका कारण लाखौँ मानिस घरवारविहीन भएका छन् ।
इजरेलले गाजा शहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरेलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन ।
यसैबीच हमासको सैन्य शाखाले गाजामा इजरेली जमीन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।
हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, ‘हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरेलमाथिको हमलालाई दोहोर्याउँछौँ ।’
‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।