arrow

डिसेम्बरमा शाहरुख र प्रभासको कडा भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
saharuk-prabash.jpg

काठमाडौं । हलमा बलिउड अभिनेता शाहरुख खान र प्रभासको कडा भिडन्त हुने भएको छ । 

 शाहरुख खान 'डंकी' र प्रभासको 'सालार'बीच  कडा भिडन्त हुने भएको हो । 

शाहरुख खानको 'डंकी' र प्रभासको 'सालार' एकै दिन २२ डिसेम्बर सिनेमा घरमा रिलिज हुँदैछ । 

यी दुवै फिल्म सन् २०२३ को ठुलो बजेटका फिल्ममध्ये एक हुन् । 

यसैले पनि सन् २०२३ को अन्तिम दुई महिना बलिउड उद्योगमा निकै विशेष मानिएको छ । 

करियरबाट असफलता बेहोरेका प्रभासको लागि यो फिल्म करियर बचाउने कडिको रूपमा हेरिएका छ । 

बाहुबली अभिनेताको आदिपुरुष फ्लप भएसँगै  'सालार' ले उनको स्टारडमलाई थेग्ने बताइएको छ ।

शाहरुख भने यसै वर्ष 'पठान' र 'जवान'को सफलता पछि तेस्रो फिल्म रिलिजको पर्खाइमा छन् । 

 'डंकी' ले ‘पठान’ र ‘जवान’ दुवैको रेकर्ड तोड्ने बताइदै आएको छ । 

यस्तो अवस्थामा दुवै स्टारका फ्यानबीच सामाजिक सञ्जालमा चर्को बहस चलिरहेको छ । 

यो अवस्थालाई मध्यनजर गर्दै शाहरुख खानले फिल्मको रिलिज मिति परिवर्तन गर्न सक्ने पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ