arrow

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
manang-air-helicopter1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो । 

सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । बिहान ७ः१३ मिनेट हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकोप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताएका छन्।

हेलिकोप्टरमा पाइटल पीके सेढाईमात्र थिए । उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै उपचारका लागि काठमाडौँ ल्याइँदै छ । 

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ