arrow

प्यालेस्टाइनको समर्थनमा सडकमा उत्रिए लिबियाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
israel-attack-2023-10-07.jpeg

काठमाडौं । लिबियालीहरुले प्यालेस्टाइनीहरुको समर्थनमा प्रदर्शन गरेका छन् ।

गाजा पट्टीमा इजरेली हवाई हमलाको निन्दा गर्दै र एक हप्ता यता जारी युद्धको बिरोध गर्दै उनीहरले प्यालेस्टाइनको समर्थमा प्रदर्शन गरेका हुन् । 

शनिवार लिबियाको राजधानी त्रिपोलीको शहदि स्क्वायरमा उनीहरुले विशाल प्रदर्शन गरेका थिए । 

उनीहरुले लिबिया र प्यालेस्टाइनको झण्डा बोक्नुका साथै इजरेली आक्रमणको निन्दा गरेको ब्यानर बोकेका थिए ।

 गाजा सहरमा इजरेली हमलामा मर्नेहरूको सङ्ख्या तीन हजार पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ