arrow

न्याम्समा ६३ दरबन्दी सिर्जना, तीन सिनेट सदस्य थप्दा विवादित बद्री पनि परे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
nams-30th-meeting.jpg

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३० औँ सभाले विवादित ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाललाई प्रतिष्ठान सभा सदस्यमा नियुक्त गरेको छ ।

उनका बारेमा थुप्रै दोष देखाउँदै कर्मचारीहरुले प्रधानमन्त्रीसहित सम्बन्धित निकायमा पत्र लेखेको भए पनि उनलाई कारबाही गर्नुको सट्टा सम्मान दिएको भन्दै कर्मचारीहरुले आक्रोश पोखेका छन् । 

न्याम्सका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा आइतबार बिहान बसेको सभाले चिकित्सक, नर्स र प्यारामेडिक्स गरी ६३ वटा थप दरबन्दी सिर्जना गरेको छ । वीर अस्पतालमा भएका अढाइ सय अस्थायी स्वास्थ्यकर्मी हटाएर नयाँ दरबन्दी थपिएको हो ।

त्यसैगरी, तीन जना नयाँ सिनेट सदस्य थपिएको छ । ती तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरेको छ । थपिएका नयाँ सिनेट सदस्यमा पूर्व राजदूत प्राडा चोपलाल भुसाल, कोशी अस्पतालका चिकित्सक डा दिपक सिग्देल र तिनै विवादित राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख रिजाल र रहेका छन् । 

त्यसैगरी प्राज्ञिक परिषद्मा प्राडा अजित रायामाझी, प्राडा दीपेन्द्र श्रेष्ठ र प्राडा सरोज शर्मालाई नियुक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ