arrow

एनजीओको छ रोपनी बढी जग्गा बेचेर सञ्चालक समिति सदस्य फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
help-for-children-beilngries.jpg

काठमाडौँ । एक गैरसरकारी संस्था (एनजीओ) को ६ रोपनी ५ आना जग्गा बिक्रीबापतको रकम संस्थामा नबुझाइ एक सञ्चालक समिति सदस्य सम्पर्कविहीन भएका छन् ।

काठमाडौँमा दर्ता रहेको बालबालिकाको हक–हित गर्ने लक्ष्य राखेर स्थापना गरिएको हेल्प फर चिल्ड्रेन, वाइलेनग्रिसको ललितपुरको लुभूमा रहेको जग्गा सो संस्थाका कार्य समिति सदस्य हरिगोविन्द श्रेष्ठले बिक्री गरेका हुन् ।

संस्थाका अनुसार श्रेष्ठले दुई वर्षअघि हेल्प फरको जग्गा बिक्री गर्ने अख्तियारी पाएका थिए । अख्तियारीअनुसार जग्गा बिक्री गरेका श्रेष्ठले रकम दाखिला नगरेपछि गत साउन २२ गतेको कार्यसमिति बैठकमै बोलाएर जानकारी मागिएको थियो । 

बैठकमा उनले जग्गा बिक्रीबापत रकम लिएको स्वीकार गर्दै छिट्टै हिसाब राफसाफ गर्ने प्रतिबद्धता जनाएका थिए । तर अहिलेसम्म रकम फिर्ता नगरेको संस्थाले जनाएको छ । 

संस्थाको सञ्चालक समितिकै बैठकबाट जग्गा बिक्रीका लागि अख्तियारी पाएपछि यसमा जुटेका श्रेष्ठ वर्ल्ड डेभलपर एण्ड हाउजिङ प्रालीलाई जग्गा बिक्री गर्न सफल भएका थिए । वर्ल्ड डेभलपरले जग्गा खरिदपछि रकम श्रेष्ठले नै बुझेको हेल्प फर चिल्ड्रेनको भनाइ छ ।

रकम दाखिला नगरेपछि कानूनी प्रक्रिया अघि बढाउने तयारी संस्थाले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ