arrow

सीजी डिजिटलको २५ औँ शोरुम बनेपामा, उद्घाटनको अवसरमा भारी छुट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
cg-25th-branch-banepa.jpg

बनेपा । चौधरी ग्रुप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड  शोरुम सीजी डिजिटलको २५ औँ शाखा काभ्रेपलाञ्चोकको बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूको उपस्थितिमा सोमबार सो शोरुमको उद्घाटन गरिएको हो । 

सीजी डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टीसीएल, गोद्रेज, सेन्साई, माइडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र व्रम्टन  लगायतका विभिन्न घरायसी विद्युतीय सामग्रीहरु जस्तै एलईडीटीभी, वासिङ मेसिन, फ्रिज, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टमलगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएन्सेस तथा स्मार्ट होम अप्लाएन्सेसहरु रहने सीजीले जनाएको छ । 

बनेपाको  स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकसेवा, विद्युतीय सामग्रीहरुका उपयोग विधि तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित यो शोरुम संचालन गरिएको छ । दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने सीजीले जनाएको छ । 

सीजीका अनुसार यो शोरुम हप्ताको सातै दिन बिहान १० देखि बेलुका ७ः३० बजेसम्म खुला रहने छ । 

बनेपाको बुडोलमा  खोलिएको यस  सीजी डिजिटल  शोरुममा ओपनिङ्गको अवसरमा  ४० प्रतिशतसम्म  छुट, शून्य प्रतिशत किस्ताबन्दी, फ्रि गिफ्टहरुका साथै एक्सचेन्ज अफरको पनि सुविधा रहेको जनाइएको छ । साथै प्रडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस (पीएमएस) को पनि व्यवस्था गरिएको छ ।

चौधरी ग्रुपले काठमाडौँलगायत काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुर, विराटनगर  र  पोखरामा पनि सीजी डिजिटल शोरुम संचालन गरिसकेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ