- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले दशैँको अवसरमा आइतबार नृत्य शृंखला आयोजना गरेको छ । राष्ट्रिय नाचघरमा दशैँको शुरुआती दिन घटस्थापनाको अवसर परेर कायाकल्प (बिकमिङ हर) नृत्य शृंखला–७ आयोजना गरिएको हो ।
नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले केही समययता ‘नृत्य श्रृंखला’ संचालन गरिरहेको छ । २०७९ बैशाख महिनाबाट शुरु भएको यो श्रृंखलाको सिजन कायाकल्प बिकमिङ हर आइतबार साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भयो ।
बडादशैँको अवसरमा नवदुर्गा भवानीको ‘थिम’ मा आयोजना गरिएको कार्यक्रममा देवी दुर्गाको संघर्ष र शक्तिलाई नृत्यकथाको माध्यमबाट प्रस्तुत गरिएको थियो ।
करिब डेढ घण्टाको कार्यक्रममा २५ भन्दा बढी कलाकारले नृत्यबाट कथालाई वर्णन गरेका थिए ।
साथै कलाकारहरुको माध्यमदेखि दशैँमा सबै परिवारसँगै हुन नपाउनुको पीडालाई पनि नृत्यकथाद्वारा प्रस्तुत गरिएको थियो । (नेपाल फोटो लाइब्रेरी)