arrow

राजेश हमाल भन्छन्- आधुनिकताको नाममा हेलचेक्राँई नगरौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
rajesh-hamals.jpg

काठमाडौं ।  महानायक राजेश हमालले घरेलु उद्योगलाई बढवा दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।  

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक नागरिकले घरेलु उत्पादन र उद्योगलाई महत्त्व दिनुपर्ने बताए । 

उनले घरेलु उद्योग एउटा व्यवसाय मात्रै नभएको भन्दै यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्ने बताए । उनले घरेलु उद्योग ओझेलमा पर्नु, लोप हुनु भनेको संस्कृति र कला लोप हुनु रहेको बताए । 

उनले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्ने घरेलु उद्योगका सामग्रीहरूलाई आधुनिकताको नाममा हेलचेक्राँई गरे समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पुग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ