arrow

संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भयोः उपप्रधानमन्त्री खड्का [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
purna-bahadur.jpg

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् ।

मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले नै गरेका कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताए । 

उनले संघीय कानून बनाउने कुरामा हामी चुकेको स्वीकार गरे । उनले २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको बताए ।

उनले संघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भएपनि अहिलेसम्म अल्मलिएको बताए । उनले सबै राजनीतिक दलहरुको अगाडि अहिले संविधान कार्यान्वयनको चुनौति रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले जनतामा छाएको निराशालाई आशा र विश्वासमा परिणत गर्ने र पार्टी पंक्तिमा भएको आशंकालाई चिर्न सक्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ