arrow

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री शुरु [भिडियो]

खसी बोकाको ६७० र च्याङ्ग्रा साढे १२ सय प्रतिकिलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
khasiboka-dhasain.jpg

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न शुरु गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौँमा ल्याएसँगै मंगलवारदेखि सहुलियत मूल्यमा बिक्री शुरु गएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रूपमा खसीबोका बिक्री गर्न लागेको बताए । उनले यो वर्ष ढुवानी भाडा महँगो भए पनि मूल्य वृद्धि नगरिएको बताए । 

उनले विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको बताए । उनले कम्पनीले जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताए । 

उनले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्गा ल्याएको बताए । उनले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताए । प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटौँडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ