arrow

मनाङमा हिमपात, किसान खुशी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
himpat-manang-2079-06-20.jpg

मनाङ। हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । 

स्थानीय याङदुङ गुरुङले यममा हिमपात हुँदा किसानमा खुसी छाएको बताए । हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए । 

गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ