arrow

खालबाट छ जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
Arrest-Crime.jpg
तस्बिर – फाइल ।

ललितपुर । महालक्ष्मी नगरपालिका ४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपालीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ