arrow

कांग्रेसको मेलमिलाप नीतिः कोजाग्रत पूर्णिमामा चियापान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले आगामी कार्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । 

२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । 

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वहरुको अवसरमा कार्तिक ११ गते शनिबार पार्टी मुख्यालय बीपी स्मृति भवन सानेपामा चियापान गर्ने भएको हो । 

दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापानको कार्यक्रम राखिएको कांग्रेसले विज्ञप्ति जारी गरी जनाएको छ । 

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरु, संवैैधानिक निकायका प्रमुखहरु, सांसदहरु, राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीहरू, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका विशिष्ट व्यक्तित्व, कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता रहने पनि कांग्रेसले जनाएको छ । 
 



नयाँ