arrow

सीजी ब्रुअरीमा भएको घटनाबारे चेम्बरको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
chamber-of-commerce-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले सीजी ब्रुअरीमा बोनसको विषयलाई लिएर गत बुधबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने चेम्बरले उल्लेख गरेको छ । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीहरू न्यून क्षमतामा संचालन भइ अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदूरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि नगर्न चेम्बरको आग्रह छ, ।’

व्यवस्थापन र मजदूरबीच शान्तिपूर्ण छलफलका माध्यमबाट समस्या समाधान गर्ने विकल्प छँदाछँदै तोडफोडमा उत्रिनु अशोभनीय भएको चेम्बरले जनाएको छ । आफ्ना मागलाई लिएर वार्ता तथा विधिद्धारा समाधानको बाटो रोज्नुको साटो तोडफोडमा उत्रिनु व्यवसायिक वातावरणको प्रतिकूल हुने चेम्बको ठहर छ । 

चेम्बरले भनेको छ, ‘देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमतामा हाल निकै गिरावट आएको छ । उद्योग कलकारखानामा हुने यस्ता गतिविधिले उद्योगलाई धरासायी हुने र औद्योगिक प्रवद्र्धनमा नकारात्मक असर पर्नेछ । यस्ता खाले गतिविधिले आन्तरिक र बाह्य लगानीलाईसमेत गम्भीर असर पर्नेछ ।’
सीजी ब्रुअरीमा भएको पछिल्लो घटनाले औद्योगिक उत्पादनमा योगदान पुर्याएका उद्यमीहरुलाई भविश्यमा थप समस्यामा पार्ने पनि चेम्बरले सम्बन्धित सबैलाई सजग गराएको छ । औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन र उश्रृंखल गतिविधि नगर्न–नगराउनसमेत सम्बन्धित पक्षसँग चेम्बरले आग्रह गरेको छ । 

राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याइरहेका उद्यमीहरूको मनस्थितिलाई थप कमजोर हुनबाट जोगाउनका लागि आवश्यक पहल हुनुपर्ने चेम्बरले अनुरोध गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ