arrow

सारिका चौधरीले महिला संघलाई गरिन् कम्युटर र प्रिन्टर सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
sarika-chaudhari-binod-chaudhary.jpg

काठमाडौँ । चौधरी फाउण्डेसनकी कोषाध्यक्ष सारिका चौधरीले नेपाल महिला संघलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकी छिन् । 

नेपाली कांग्रेस निकट भ्रातृसंस्था महिला संघलाई शुक्रबार चौधरीले कार्यालय प्रयोजनका लागि कम्प्यूटर र प्रिन्टर सहयोग उपलब्ध गराएकी हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीकी पत्नी सारिकाले दशैँका अवसरमा महिला संघलाई उक्त सहयोग उपलब्ध गराएकी हुन् । 

काठमाडौँको धापासीमा रहेको महिला संघको केन्द्रीय कार्यालयमा कम्प्यूटर अभाव थियो । महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावतलाई कम्प्युट र प्रिन्टर हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय चौधरीले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकी छिन् ।

नेपालको प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत चौधरी फाउण्डेसमार्फत देशका विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । 

पछिल्लो समय नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा चौधरी फाउण्डेसनमार्फत् विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा छन् । नवलपरासी १ कांग्रेस नेता विनोद चौधरीको निर्वाचन क्षेत्र हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ