arrow

अन्ततः भिड्ने भए किंग खान र बाहुबली

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
dunki-salar.jpg

काठमाडौं । यसै बर्षको डिसेम्बरमा किंग खान र बाहुबली अभिनेताको भिडन्त हुने पक्का भएको छ । 

बलिउडका किंग खान शाहरुख र बाहुबली प्रभासबीच कडा टक्कर हुने पक्का भएको हो । 

‘पठान’ र ‘जवान’ फिल्मबाट बक्स अफिसमा हलचल मच्चाएपछि यसैबर्ष ह्याट्रिक गर्ने दाउमा रहेका शाहरुख फिल्म ‘डंकी’ लिएर ठूलो पर्दामा आउन लागेका छन् । 

 सो फिल्म प्रभासको फिल्म ‘सलार’सँगको प्रतिस्पर्धा गर्ने भएको छ । यी दुबै बक्स अफिसमा भिड्दै छन् । 

 शाहरुख खानको ‘डिंकी’ प्रभासको ‘सलार’ सँगै ठूलो पर्दामा २२ डिसेम्बरमा रिलिज हुने तय भएको पनि शाहरुखले फिल्म एक दिन अघि २१ डिसेम्बरमा सारेका छन् । 

हालै सार्वजनिक भएको फिल्मको रिलिज मितिले लुक्सभन्दा पनि धेरै मानिसको ध्यान आकर्षित गरेको छ । 

यो भाइरल पोस्टरमा फिल्मको रिलिज डेट २२ डिसेम्बरको सट्टा २१ डिसेम्बर लेखिएको छ । 

यी दुवै फिल्म सन् २०२३ को ठुलो बजेटका फिल्ममध्ये एक हुन् । 

यसैले पनि सन् २०२३ को अन्तिम दुई महिना बलिउड उद्योगमा निकै विशेष मानिएको छ । 

करियरबाट असफलता बेहोरेका प्रभासको लागि यो फिल्म करियर बचाउने कडिको रूपमा हेरिएका छ । 

बाहुबली अभिनेताको आदिपुरुष फ्लप भएसँगै 'सालार' ले उनको स्टारडमलाई थेग्ने बताइएको छ ।

शाहरुख भने यसै वर्ष 'पठान' र 'जवान'को सफलता पछि ह्याट्रिक गर्दै छन् । 

 'डंकी' ले ‘पठान’ र ‘जवान’ दुवैको रेकर्ड तोड्ने बताइँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ