arrow

राष्ट्रपतिको शक्तिपीठमा दर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
ramchandra-shaktipith-2080-07-05 (25).jpg

काठमाडौँ । बडादशैँ अन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्ति पीठमा दर्शनका क्रममा उनकी पत्नी सविता पौडेल पनि सहभागी थिइन् ।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे । 

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । 

सोही परम्परा अनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेका थिए । 

बडादशैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेको थियो ।

त्यसैगरी राजधानी बाहिरका महत्वपूर्ण शक्तिपीठमा पनि आइतबार भगवतीको पूजाअर्चना गरिएको छ ।

ramchandra-shaktipith-2080-07-05 (1).jpg
ramchandra-shaktipith-2080-07-05 (2).jpg
ramchandra-shaktipith-2080-07-05 (3).jpg
ramchandra-shaktipith-2080-07-05 (4).jpg
ramchandra-shaktipith-2080-07-05 (5).jpg
ramchandra-shaktipith-2080-07-05 (6).jpg
ramchandra-shaktipith-2080-07-05 (7).jpg
ramchandra-shaktipith-2080-07-05 (8).jpg
ramchandra-shaktipith-2080-07-05 (9).jpg
ramchandra-shaktipith-2080-07-05 (10).jpg
ramchandra-shaktipith-2080-07-05 (11).jpg
ramchandra-shaktipith-2080-07-05 (12).jpg
ramchandra-shaktipith-2080-07-05 (13).jpg
ramchandra-shaktipith-2080-07-05 (14).jpg
ramchandra-shaktipith-2080-07-05 (15).jpg
ramchandra-shaktipith-2080-07-05 (16).jpg
ramchandra-shaktipith-2080-07-05 (17).jpg
ramchandra-shaktipith-2080-07-05 (18).jpg
ramchandra-shaktipith-2080-07-05 (19).jpg
ramchandra-shaktipith-2080-07-05 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ