arrow

एसीसी यू–१९ फाइनलः वर्षाले प्रभावित भएपछि नेपालले दिएको १९८ रनको नयाँ चुनौती पछ्याउँदै यूएई  

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
nepal-uae-2023-10-24.jpg

काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र यूएई भिडिरहेका छन् । मलेसियाको क्वालालाम्पुरमा भइरहेको फाइनल जितका लागि नेपालले यूएईलाई २८१ रनको चुनौती दिएको भए पनि वर्षाले प्रभावित भएपछि नयाँ चुनौती पाएको छ ।

यूएईले ११ ओभर खेल्दै २ विकेटको क्षतिमा ५० रन बनाएपछि वर्षा भएको थियो । तर वर्षा रोकिएपछि ओभर घटाउँदै अब १९८ रनको नयाँ चुनौती पाएको छ ।  

यसअघि खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । कप्तान देव खनालले कप्तानी इनिङ्स खेल्ने क्रममा शतक बनाए । 

उनले ९२ बलमा १०० रनको योगदान दिएका हुन् । त्यसतै उत्तम रंगु थापा मगरले ५७ तथा अर्जुन कुमालले ५५ रन बनाए । 

नेपाल फाइनलमा प्रवेश गरेसँगै यू–१९ एसिया कपमा छनोट भइसकेको छ ।

अपडेट–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ