arrow

१४० बाउन्सर राखेर कङ्गनाले जलाइन् रावणको पुत्ला

रचिन यस्तो इतिहास 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
kanganas.JPG

काठमाडौँ । बलिउड अभिनेत्री कङ्गना रनौतले रावणको पुत्ला दहन गरेकी छन् । 

अभिनेत्री कङ्गनाले दिल्लीको रेड फोर्ट मैदानमा रावण, कुम्भकरण र मेघनाथको पुत्ला दहन गरेकी हुन् । 

कङ्गना यस्तो गर्ने पहिलो बलिउड अभिनेत्री बनेकी छिन् । 

भारतको इतिहासमा झन्डै ५० वर्षपछि महिलाले रावण दहन गरेको यो पहिलो पटक हो ।

कङ्गनाको ‘रावण दहन’ लाई लिएर मानिसहरूमा निकै उत्साह थियो । 

लाल किल्ला मैदानमा ठुलो भीड जम्मा भएको थियो। 

यस अवधिमा रामलीला समितिले लाल किल्ला मैदानमा १४० बाउन्सर तैनाथ गरेको थियो। 

रावण दहनमा अभिनेत्री कङ्गनासँगै धेरै वरिष्ठ नेताहरू पनि उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ