arrow

जुवाडेहरू नियन्त्रणमा

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक ८ बुधबार
Arrest-Crime.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा तास खेलिरहेका जुवाडेहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । बिहान १ः२५ बजेको समयमा नमोबुद्ध नगरपालिका १० पुरानोगाउँस्थित घरमा तास खेलिरहेको खबर पाएपछि खटिएको टोलीले आठ जनालाई नियन्त्रणमा लिएको हो । 

आठ जनालाई ६ बुक तास र नगद एक लाख ५३ हजार ४७० रूपैयाँसहित नियन्त्रणमा लिइएको हो । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ