arrow

उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
u-19team-2023-10-26.JPG

काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ ।

बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

मंगलबार विजयादशमीका दिन भएको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको थियो । 

योसँगै नेपाली टिम अपराजित रहँदै एसिया कपमा छनोट भएर उपाधिसहित स्वदेश फर्किएको हो । मलेसियाको क्वालालाम्पुरमा भएको वर्षाले प्रभावित फाइनलमा नेपाल १९ रनले विजयी भएको थियो । 

नेपाल सबै खेल जितेर यू–१९ एसिया कपमा छनोट भएको हो । फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले यूएई पनि छानिएको छ । 

नेपालले सेमिफाइनलमा जापानलाई डक वर्थ लेविसअनुसार १४३ रनले हराएको थियो । 

त्यस्तै समूह चरणमा साउदी अरेबियालाई ३०२ रनले, बहराइनलाई ७ विकेटले र इरानलाई २७४ रनले हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ