arrow

चीन ताइवानसँग युद्ध गर्ने मनस्थितिमा, लगायो यस्तो आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
China-Taiwan-1618306033.jpg
तस्बिर – फाइल ।

बेइजिङ । ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ ।

चीनले स्वशासित ताइवानलाई आफ्नो भूभाग का रुपमा दाबी गर्दै आएको छ र सन् २०१६ मा ताइवानका राष्ट्रपति साई इङ–वेन सत्तामा आएयता चीनको ताइवानसँगको सम्बन्धमा थप तनाव देखिएको छ । 

बेइजिङले हालैका वर्षहरूमा ताइवानमाथि कूटनीतिक र सैन्य दबाब बढाएको छ र गत अगस्टमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान वरपर युद्धक विमानको सङ्ख्यामा वृद्धि गरिएको छ । 

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले बिहीबार डीपीपीले ताइवानलाई युद्ध र हिंसाको खतरनाक स्थितिमा तीव्र गतिमा धकेलिरहेको बताएका छन् । 

चीनले ताइवानको सत्तारुढ डीपीपीमाथि पटक–पटक औंला उठाएको छ भने उक्त टापुमा सैन्य धम्की बढाउँदै लगेको छ । चिनियाँ सेनाले आफ्नो सैन्य प्रशिक्षण र युद्धको तयारीलाई मजबुत बनाउने वुले बिहीबार बताए । 

उनले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरको जलक्षेत्रमा संयुक्त राज्य अमेरिकाको प्रभावको पनि आलोचना गरेका छन् तर बेइजिङ र वासिङ्टनबीच ‘सञ्चारका माध्यमहरू सधैं खुला रहेको उनले बताए । 

बिहीबार ताइवानले शान्डोङ विमानवाहक पोतको नेतृत्वमा रहेको चिनियाँ फ्लोटिला टापुलाई फिलिपिन्सबाट छुट्याउने जलमार्ग बाशी च्यानल हुँदै प्रशान्त महासागरमा प्रवेश गरेको बताएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ