arrow

चिनियाँ पूर्वप्रधानमन्त्री खछ्याङको हृदयाघातबाट निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
li-keqiang-pm-china.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चिनियाँ पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनको शुक्रबार बिहान सांघाइमा हृदयाघातका कारण निधन भएको सीएनएनले जनाएको छ । गत वर्षको अन्तिमसम्म उनी चीनको दोस्रो वरीयताका नेता गनिन्थे ।

खछ्याङ मात्र ६८ वर्षका थिए । सन् २०१३ देखि गत मार्चसम्म दुई पटक गरी १० वर्ष प्रधानमन्त्री भएका उनले चिनियाँ अर्थतन्त्रलाई निकै नै माथि पुर्याएका थिए । 

उनले रोजगारी अभिवृद्धि र आर्थिक स्थायित्व कायम गर्ने प्रयासलाई समर्थन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ